काठमाडौँ, २१ वैशाख । थप ६ जना कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । नेपालमा योसँगै कोरोना संक्रमित सङ्ख्या ७५ पुगेको छ ।
आज (आइतबार) भेरी अस्पताल, नेपालगंजको प्रयोगशालामा भएको परीक्षण अनुसार ६ जना नयाँ पुष्टि भएको हो । नेपालगंज ८ निवासी १६, २१, ३४ वर्षका ३ पुरुष र ४०, ५५ र ६० वर्षका ३ महिला कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।