एकै दिनमा १० जनामा कोरोना संक्रमणको पुष्टि : वीरगञ्ज १, नेपालगञ्जमा ९ संक्रमित


काठमाडौँ, २१ वैशाख । एकै दिनमा १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । नेपालमा योसँगै कोरोना संक्रमितको सङ्ख्या ६९ पुगेको छ ।

आज (आइतबार) वीरगञ्ज महानगरपालिका–३ छपकैयाका ३६ वर्षीय एक पुरुषमा र नेपालगञ्जमा ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ ।
परीक्षणको लागि वीरगञ्जका ३६ वर्षीयको शुक्रवार स्वाब सङ्कलन गरिएको थियो । नेपालगञ्जमा गरिएको परीक्षणमा भने ५ पुरुष र ४ जना महिला संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु ७ देखि ५८ वर्ष उमेरका छन् ।

नेपालमा १६ जना निको भएर घर फर्किए तर निको भएर घर फर्किएका रौतहटको इशनाथ नगरपालिकाका १९ वर्षीय एक युवकमा पुनः कोरोना पोजेटिभ देखिएको छ ।
रौतहटका १९ वर्षीय युवामा पुनः कोरोना पोजेटिभ देखिएका पछि अहिले निको हुने सङ्ख्या १५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्