काठमाडौं, २१ बैसाख । नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ ।
नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायका अनुसार वीरगञ्ज महानगरपालिका–३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको हो ।
उनको शुक्रबार स्वाब संकलन गरिएको थियो । उनी स्वयमले शंका लागेपछि पीसीआर परीक्षण गराई दिन वडा अध्यक्ष बैजुलाल स्वर्णकारलाई आग्रह गरेको जनाइएको छ ।
नेपालमा कोरोना संक्रमणको गति सुस्त भए पनि विस्तारै विस्तारै कोरोना संक्रमित हुनेको संख्या थपिंदै गएको छ ।