झुलाघाटबाट उद्धार गरिएका एक व्यक्तिको क्वारेन्टाइन सार्ने क्रममा मृत्यु


बैतडी, २० वैशाख । भारतीय सीमा नाका झुलाघाटबाट उद्धार गरिएका एक व्यक्तिको क्वारेन्टाइन सार्ने क्रममा ज्यान गएको छ ।

झुलाघाटबाट उद्धार गरेर ल्याइएकी बैतडीको पुर्चौडी नगरपालिका–६ का ६७ वर्षीय जुनी लोहारको शनिवार बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीराम पाण्डेले जानकारी दिएका छन् ।

शनिवार बिहान पुरचौडीको क्वारेन्टाइनमा हिँडाएर लैजाने क्रममा लोहारको बाटोमै मृत्यु भएको डिएसपी पाण्डेले जानकारी दिएका छन् ।

बिहीबार सीमावारिबाट ल्याइएका लोहारसहितको समूहलाई पहिलो दिन दशरथचन्द नगरपालिकाको स्कुलमा राखिएको थियो । शुक्रवार बैतडीको पुरचौडी नगरपालिकामा ल्याइएको थियो ।

कोरोनाको कुनै लक्षण नदेखिए पनि मृतक लोहारको स्वाब परीक्षणका लागि धनगढी पठाइएको छ । उनले दमको औषधि खाइरहेको पाइएको पनि पाण्डेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्