विश्वभर कोरोनाबाट २ लाख ३९ हजार ६१५ जनाको मृत्यु : ३४ लाख बढी संक्रमित


काठमाडौँ, २० वैशाख । विश्वभर कोरोना भाइरस कोभिड १९ बाट ज्यान गुमाउनेको सङ्ख्या २ लाख ३९ हजार ६ सय १५ पुगिसकेको छ । वर्ल्डओमिटरको तथ्याङ्कमा अनुसार सो मृत्यु सङ्ख्या हो ।

संक्रमित सङ्ख्या भने ३४ लाख १ हजार ३ सय ९४ पुगेको छ । उपचारपछि १० लाख ८३ हजार ८ १६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा विश्वभर ९४ हजार बढी नयाँ संक्रमित थपिएको वर्ल्डओमिटरले जनाएको छ ।

२४ घण्टामा अमेरिकामा मात्रै एक हजार ८९२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाउनु परेको छ । अमेरिकामा मृतकको सङ्ख्या ६५ हजार ७४८ पुगेको छ भने संक्रमितको सङ्ख्या ११ लाख ३१ हजार १५ पुगेको छ ।

अमेरिकामा हालसम्म १६ लाख १५ हजारभन्दा धेरै कोरोना संक्रमित उपचारपछि निको भएका छन् । यता शुक्रवार लण्डनमा ७३९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । अहिलेसम्म लण्डनमा मृतकको सङ्ख्या साढे २७ हजार नाघेको छ ।

यस्तै शुक्रवार ब्राजिलमा ५०९ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा २८१, इटालीमा २६९, फ्रान्समा २१८, जर्मनीमा ११३, बेल्जियममा १०९, टर्कीमा ८४, रुसमा ९६, इरानमा ६३, पेरुमा ७३, नेदरल्याण्डमा ९८, इक्वेडरमा १६३, मेक्सिकोमा १२७, स्वीडेनमा ६७, पाकिस्तानमा ५६ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म इटालीमा कोरोना संक्रमणबाट २८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने स्पेनमा २४ हजार ८२४, फ्रान्समा २४ हजार ५९८, फ्रान्समा २४ हजार ५९८ जनाको मृत्यु भएको छ ।

छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६९ जनाले ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म मृतकको सङ्ख्या १२ सय २३ पुगेको छ भने संक्रमितको सङ्ख्या ३७ हजार नाघेको छ । भारतमा शुक्रवार मात्रै दुई हजार ३९४ नयाँ संक्रमित थपिएका छन् । हालसम्म भारतमा एक हजारभन्दा धेरै कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्