काठमाडौँ, १९ वैशाख / नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमित सङ्ख्या ५९ पुगेको छ । आज शुक्रवार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
रुपन्देही निवासी २५ वर्षका पुरुष र नेपालगन्ज, बाँके निवासी ६० वर्षीय पुरुषमा कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ ।