रोल्पाको त्रिवेणीमा बम विष्फोट : चार बालबालिकाको मृत्यु


रोल्पा, १८ वैशाख / रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा बम विष्फोट भएको छ । बालबालिकाले खेलाउने सम्झी बेवारिसे बम खेलाउँदा बिहीबार विष्फोट भएको हो ।

बम विस्फोटमा चार बालबालिकाको मृत्यु भएको छ । साँझ बाख्रा चराउन गएका बालबालिकाले बेवारिसे बम भेटेपछि खेलाउँदा विष्फोट भएर उनीहरूको ज्यान गएको रोल्पा प्रहरीले जनाएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधवार बेलुका बालबालिकाले पुरानो बम खेलाउने क्रममा विष्फोट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्