एकै दिन तीन जनामा कोरोना संक्रमणको पुष्टि : संक्रमितको सङ्ख्या ५७ पुग्यो


वीरगन्ज, १७ वैशाख । आज बुधवार एकै दिन तीन जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । नेपालमा योसँग कोरोना संक्रमितको सङ्ख्या ५७ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितहरु जितपुर सिमरा नगरपालिकाका ४३ वर्ष, सिम्रौनगढका ३१ वर्ष पुरुष र वीरगन्ज–२ छपकैयाका ४६ वर्षका पुरुष हुन् । तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।

वीरगन्जका दुई जना व्यक्तिमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूमध्ये वीरगन्ज–१६ का एक जना दिल्लीको धार्मिक सभामा सहभागी भएका थिए ।
उनीको प्रत्यक्ष सम्पर्कमा रहेकाहरूको खोजी गर्ने क्रममा छपकैयाका ४६ वर्षका पुरुषलाई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो । उनको रिपोर्ट पोजेटिभ भएको आएको छ ।

यस्तै बाराका संक्रमित पनि जमातीको सम्पर्कका आएकाहरूको खोजीको क्रममा परीक्षणको दायरामा आएका थिए । उनीहरूमा ६ मार्चमा दिल्ली गएर ११ मार्चमा फर्किएका थिए । नेपालमा संक्रमित मध्य १६ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्