रौतहटका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि : नेपालमा संक्रमित सङ्ख्या ५४ पुग्यो


काठमाडौँ, १६ वैशाख । रौतहटका दुई पुरुषमा थप कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित सङ्ख्या ५४ जना पुगेको छ ।

रौतहटको वृन्दावन र देवाहीगोनाही नगरपालिकाका ती व्यक्तिको स्वाब परीक्षण गर्दा भाइरसको संक्रमण देखिएको दुवै नगरका अध्यक्षले पुष्टि गरेका छन् ।

उपचारका लागि दुवै संक्रमिलाई वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लैजाने तयारी भइरहेको देवाहीगोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्रप्रसाद पटेलले जानकारी दिएका छन् ।

उपचारबाट १६ जना निको भइसकेका छन् । सबैभन्दा धेरै प्रदेश–१ मा ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।

https://youtu.be/qAjspI_qhxU

प्रतिक्रिया दिनुहोस्