लकडाउन २५ गतेसम्म बढाउने सरकारको निर्णय


काठमाडौँ १४ वैशाख । सरकारले लकडाउनलाई २५ गतेसम्म बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन बढाउने निर्णय गरेको हो ।

पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो । तर कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिवार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता बढाउने सिफारिस गरेको थियो ।

आजसम्म कोरोना संक्रमित ५२ जनामा भएको छ । १६ जना निको भएर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्