नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुग्यो : झापाका थप एक जना संक्रमित


काठमाडौँ, १४ वैशाख । नेपालमा कोरोना संक्रमितको सङ्ख्या ५२ पुगेको छ । आइतबार विराटनगरस्थित कोसी अस्पतालमा गरिएको परीक्षण अनुसार एक जना कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित झापा निवास ५० पुरुष हुन् । झापा यसअघि पनि एक जनामा कोरोना भेटिएको थियो । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजसम्म कोरोना संक्रमण भएको १६ जना निको भएर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्