नेपालमा कोरोना संक्रमित सङ्ख्या ५१ जना पुग्यो


काठमाडौँ, १४ वैशाख / नेपालमा कोरोना भाइरस (कोभिड १९) का संक्रमित सङ्ख्या ५१ पुगेको छ । पर्सा, वीरगन्जका नयाँ दुई जनामा कोरोना संक्रमित भएको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणको नतिजा अनुसार पर्सा, वीरगन्जका ५० वर्षीय दुई जनामै पुष्टि भएको हो । दुवै आइसोलेशनमा अस्पतालमा रहेका छन् भने उनीहरूको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिले सम्म कोरोना संक्रमित पुष्टि भएकोमा अस्पतालमा उपचाररत रहेको मध्ये १२ जना निको भई डिस्चार्ज भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्