नेपालमा कोरोना संक्रमित संख्या ४९ पुग्यो : झापाका एक पुरुष संक्रमित


काठमाडौँ, १२ वैशाख / झापा निवासी ६२ वर्षका एक पुरुषलाई कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणबाट कोरोना संक्रमित पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमित सङ्ख्या ४९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित उनी आइसोलेशनमा अस्पतालमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्