नेपालमा फेरि दुई जना कोरोना संक्रमित थपिए : संक्रमित संख्या ४७ पुग्यो


काठमाडौँ, ११ वैशाख । नेपालमा फेरि दुई जना कोरोना सङ्क्रमित थपिएर नेपालमा कोरोना संक्रमितको सङ्ख्या ४७ पुगेको छ । थप दुई जनामा उदयपुरकी ५५ बर्सिया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो ।

बिहीबार २ कोरोना सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ४७ पुगेको छ । त्यस्तै उहाँले काठमाडौँको सनसीटिका दुई जना कोरोना सङ्क्रमित पूर्णरुपमा स्वास्थ्य भएको र पाटन अस्पतालबाट डिस्चार्ज गरिएको बताए ।

उनका अनुसार अहिलेसम्म कुल ४३ हजार २७७ जनामा कोरोना परीक्षण गरिएको छ भने क्वारेन्टाइनमा १० हजार ५७३, आइशोलेशनमा ८६ जना रहेको प्रवक्ता देवकोटाले बताए ।

उनले अहिलेको अवस्थामा दिर्घरोगीहरुको उपचारमा पनि कमी नगर्न पनि आग्रह गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्