सनसिटी अपार्टमेन्टका दुई कोरोना संक्रमित घर फर्किए


काठमाडौँ, ११ वैशाख । काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई कोरोना संक्रमितहरु उपचारपछि निको भएर आज (बिहीबार) घर फर्किएका छन् ।

उनीहरू पाटन अस्पतालमा उपचाररत थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले आज (बिहीबार)आयोजित पत्रकार सम्मेलनमा पेप्सीकोलाका ५८ वर्षीय र ८१ वर्षीय व्यक्ति डिस्चार्ज भएको जानकारी दिएका हुन् ।

५८ वर्याीय छोरा हुन् भने ८१ बर्सिया आमा छोरा हुन् । उनीहरूमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो । सनसिटीमा बस्दै आएका उनीहरूका कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौँ उपत्यकामा त्रास फैलिएको थियो ।

उनीहरूमा कोरोना पुष्टि भएपछि सनसिटी अपार्टमेन्टमा बस्दै आएका धेरैको कोरोना परीक्षण समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्