उदयपुरका थप ३ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमित ४५ पुग्यो


काठमाडौँ, १० वैशाख / उदयपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।

धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो। उदयपुर भुल्केका यी तीनै जनालाई मोरङको टाँडीमा रहेको नेपाली सेनाको क्वारेन्टाइनमा राखिएको थियो। यी ३ जनामा पुष्टि भएसँगै उदयपुरमा संक्रमित हुनेको सङ्ख्या २७ पुगेको छ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको सङ्ख्या ४५ पुगेको छ। यी मध्ये ७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

https://youtu.be/wJoYeu49g9Q

प्रतिक्रिया दिनुहोस्