नेपालमा कोरोना संक्रमित संख्या ४० पुग्यो : उदयपुरका ८ जनाकै परीक्षण रिर्पोट पोजेटिभ


काठमाडौँ, ९ वैशाख / उदयपुरका ८ जनाको बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको प्रयोगशाला गरिएको कोरोना परीक्षण रिर्पोट पोजेटिभ आएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले बिपिमा भएको परीक्षणमा ८ संक्रमित देखिएको बताएका हुन । उनीहरू पनि उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरू नै हुन् ।

सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरानस्थित बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। प्रतिष्ठानको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

यसअघि आजै उदयपुरका ३३ वर्षीय एक जना युवामा कोरोना संक्रमण देखिएको थियो । थप आठ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ४० पुगेको छ ।

यसअघि आजै उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्