नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुग्यो : उदयपुरका ३३ वर्षका एक पुरुष संक्रमित


काठमाडौँ, ९ वैशाख । उदयपुरको भुल्केमा थप एक व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले एक जना पुरुषमा कोरोना संक्रमण देखिएको जानकारी दिएको हो ।

मङ्गलवार संक्रमण देखिएका ३३ वर्षका पुरुष व्यक्ति उदयपुरमा यसअघि देखिएकाहरूको सम्पर्कमा आएका व्यक्ति हुन् । उनीहरूको सम्पर्कमा आएका अन्यमा पनि शंकास्पद भएकाले थप परीक्षण भइरहेको डा. देवकोटाले जानकारी दिए ।

संक्रमित व्यक्तिको कोसी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा संक्रमण पोजेटिभ आएपछि थप पुष्टिका लागि टेकुस्थित प्रयोगशालामा जाँच गरिएको थियो । यो सँगै नेपालमा संक्रमितको सङ्ख्या ३ पुगेको छ । संक्रमितमध्ये ४ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीर र आरडीटीबाट ३४ हजार ७१९ जनाको परीक्षण गरिएको छ। २७ हजार ९५६ को आरडिटीबाट परीक्षण गरिएको छ । बाँकीको पीसीआर प्रणालीबाट परीक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

मन्त्रालयका अनुसार १०७ जना अहिले आइसोलेसनमा छन् भने २६७ जना रेड जोनमा परेका छन् । नेपालमा कोरोना भाइरसको ‘इपिसेन्टर’ का रूपमा देखिएको

प्रतिक्रिया दिनुहोस्