कैलालीकका एक युवाले कोरोनालाई जिते : अस्पतालबाट आजै डिस्चार्ज हुने


काठमाडौँ, ७ वैशाख । अर्का एक कोरोना सङ्क्रमित युवा निको भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–१ प्रतापपुर घर भएका युवा निको भएका हुन ।

सेती प्रादेशिक अस्पतालमा उनी उपचाररत थिए । उनको उपचार पछि रिर्पोट नेगेटिभ आएको छ । उनलाई अस्पतालले आज नै डिस्चार्ज गर्दै छ ।

भारतको मुम्बईबाट आएका उनलाई चैत २२ गते कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिने तयारी भइरहेको सेती अस्पतालका प्रवक्ता डा.जगदीश जोशीले जानकारी दिएका छन् ।

यसअघि सेती प्रादेशिक अस्पतालमा पाँच जना सङ्क्रमित बिरामीको उपचार भइरहेकामा लम्कीचुहाका २१ वर्षीय युवालाई सन्चो भए पनि अन्य चार जना बाँकी छन् । अन्य सङ्क्रमितका भने लगातार पोजेटिभ रिपोर्ट आइरहेको अस्पतालले जनाएको छ ।

एकै दिन उदयपुरमा १२ जनामा कोरोना सङ्क्रमण भेटिएपछि बढी त्रसित भएकाहरूलाई चौथो व्यक्ति निको भएको खबरले सन्तत्व भए पनि प्रदान गरेको छ ।

उपचारपछि काठमाडौँको टेकुबाट एक जना र बागलुङको धवलागिरि अस्पतालबाट पनि एक जना कोरोना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्