कोरोना संक्रमितसँगै उदयपुरमा बसेका एक जना सुनसरी फेला परे


काठमाडौँ, ७ वैशाख । उदयपुरको त्रियुगा नगरपालिका भुल्केमा कोरोना संक्रमितहरुसँगै बसेका एक जना सुनसरी भोक्राहा नरसिंह गाउँपालिकामा फेला परेको छ ।

कोरोना संक्रमित पुष्टि भएका भारतीय नागरिकको समूहमा रहेका व्यक्तिसँगै सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–५ का ४६ वर्षीय एक जना रहेको नेपाल मुस्लिम संद्द प्रदेश नं १ का अध्यक्ष हाजी इसराइल मन्सुरीले बताए ।

संक्रमित समूहसँगै १० दिन बसेर फर्किएको सूचनाका आधारमा उनलाई क्वारेन्टाइनमा पठाइएको छ । घरमा लुकेर बसेको गाउँलेले सूचना दिएपछि प्रहरीसहितको टोलीले स्वास्थ्य परीक्षणसँगै क्वारेन्टाइनका लागि विराटनगर पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्