नेपालमा थप एक जना कोरोना संक्रमित भेटियो : संक्रमित संख्या ३१ पुग्यो


काठमाडौँ, ६ वैशाख। नेपालमा शनिवार थप एक जना कोरोना सङ्क्रमित भेटिएको छ । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

उनी ६५ वर्षका भारतीय नागरिक भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । विराटनगरको कोसी अञ्चल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ती भारतीय नागरिकमा सङ्क्रमण देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले बताएका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ३१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्