नेपालमा एकै दिन १४ जना कोरोना संक्रमित भेटियो : संक्रमित संख्या ३० पुग्यो


काठमाडौँ, ५ वैशाख । एकै दिन नेपालमा कोरोना (कोभिड–१९) भाइरसका सङ्क्रमित १४ जना भेटिएको छ । शुक्रवार उदयपुरमा १२ जना र चितवनमा २ जना कोरोना सङ्क्रमित थपिएको पुष्टि भएको हो ।

थप १४ सँग नेपालमा कोरोना सङ्क्रमित ३० पुगेको छ । उदयपुरका १२ जना मध्य केही भारतीय छन् भने चितवनको राप्ती नगरपालिका–८ का दुई जना आमा छोरा हुन् ।

उदयपुर जिल्लाका कोरोना सङ्क्रमित १२ जना नै ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९  वर्षीय पुरुष हुन । चितवनका कोरोना सङ्क्रमित २७ वर्षीय पुरुष र ६३ वर्षीय महिला हुन ।

एकै दिन १४ जनामा सङ्क्रमण पुष्टि भएसँगै जोखिम बढेको र थप सतर्कता अपनाउनु पर्ने देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्