इटालीबाट नेपाल फर्किएकी एक महिलाको र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ देखियो


काठमाडौँ, ४ वैशाख । इटालीबाट नेपाल फर्किएकी काठमाडौँकी एक महिलाको र्‍यापिड डाइग्नस्टिक टेस्ट रिपोर्ट पोजेटिभ देखिएको छ । उनी एक महिनाअघि नेपाल फर्किएकी थिइन ।

चैत ४ गते इटालीबाट आएकी काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–९ की ती महिलाको र्‍यापिड टेस्टमा पोजेटिभ देखिएको वडाध्यक्ष राजेन्द्रप्रसाद सापकोटाले जानकारी दिएका छन् । हिजो (बुधवार) गरिएको र्‍यापिड टेस्टमा पोजेटिभ आएको र पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर पठाइएको सापकोटाले जानकारी दिए । आज रिपोर्ट आएपछि नगरपालिकाले यस विषयमा थप जानकारी सापकोटाले बताएका छन् ।

नेपाल फर्केदेखि क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । उनी एक्लै रहेको जनाइएको छ । थप किट आएपछि उनीसँग सम्पर्कमा भएकाहरूको पनि र्‍यापिड टेस्टको तयारी भइरहेको वडाध्यक्ष सापकोटाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्