नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १४ जना पुग्यो


काठमाडौँ, १ वैशाख । नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १४ जना पुगेको छ । रौतहटका एक १९ वर्षीय युवामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार दुई जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन् । कैलालीकी ६५ वर्षीय महिला र रौतहटका युवामा सङ्क्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्