भोलि वैशाख १ गते राष्ट्रिय गाना गाउन र बजाउन प्रधानमन्त्री ओलीको आग्रह


काठमाडौँ, ३० चैत / भोलि वैशाख १ गते राष्ट्रिय गाना गाउन र बजाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् । ट्विटर मार्फत ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध राम्रो भएको बताउँदै प्रधानमन्त्री ओलीले नयाँ वर्षको दिन राष्ट्रिय गान गाउन र बजाउन आग्रह गरेका हुन ।

प्रधानमन्त्री ओलीले भनेका छन्, “राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ”, ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।

ग्लोबल कम्प्याक्ट नेपालले भोलि नेपालको नयाँ वर्ष २०७७ सालको दिन बिहान ८ बजे सबैले आफ्नो घरबाट नै गाएर राष्ट्रिय गान गुन्जयमान बनाउन अनुरोध गरेको छ । राष्ट्रिय गाना गाई सके पछि ताली बजाउन पनि भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्