पर्यटन मन्त्री भट्टराईको आग्रहपछि बुद्धएयरको भाडा घट्यो (सूचिसहित)


काठमाडौँ, ९ चैत / संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको आग्रहपछि बुद्ध एयरले आफ्नो अधिकतम भाडाको सीमालाई घटाएको छ ।

काठमाडौँबाट बाहिरिने यात्रुहरूसँग अधिकतम भाडा उठाएको गुनासो बढेपछि मन्त्री भट्टसंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको आग्रहपछि बुद्ध एयरले आफ्नो अधिकतम भाडाको सीमालाई घटाएको छ । काठमाडौँबाट बाहिरिने यात्रुहरूसँग अधिकतम भाडा उठाएको गुनासो बढेपछि मन्त्री भट्टराईले शनिवार वायुसेवा सञ्चालकहरूलाई बोलाएर तत्काल भाडादर पुनर्विचार गर्न अनुरोध गरेका थिए ।

मन्त्रीको आग्रह लगत्तै बुद्ध एयरले आइतबार सूचना प्रकाशन गरेर आफ्नो अधिकतम भाडाको सीमालाई घटाएको जानकारी दिएको छ । सरकारले चैत १० गतेदेखि २१ सम्मका लागि लामो दुरीका सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरी सकेको छ । अब एक मात्र यात्रुका लागि घर फर्किने एक मात्रै माध्यम हवाई भएकोले भाडाको सीमा घटाइएको बुद्धले जनाएको छ । शनिवार श्री एयरलाइन्सले पनि भाडाको सीमा घटाएको थियो ।

शनिवार मन्त्रालयमा वायुसेवा सञ्चालकहरूलाई बोलाएर मन्त्री भट्टराईले आन्तरिक ट्रंक रुटमा लिँदै आएको अधिकतम सीमाका २ वटा ‘स्लयाव’ का हवाई भाडा हटाई सोभन्दा कमको भाडादरलाई अधिकतम सीमा कायम गर्न र न्यूनतम सीमामा रहेका अन्य भाडा दरलाई समेत यथावत् कायम गर्ने अनुरोध गरेका थिए । हवाई सेवा प्रदायक संस्थाहरूले हालको विषम परिस्थितिलाई ध्यानमा राखेर काम गर्नुपर्ने सामाजिक उत्तरदायित्वको बारेमा पनि सञ्चालकहरूलाई सम्झाएका थिए ।

मन्त्रीको अनुरोधपछि आन्तरिक वायुसेवा सञ्चालकहरूले यात्रु बढेपछि अधिकतम भाडा लिएको स्विकार्दै भाडादर पुनर्विचार गर्न सहमति जनाए । मन्त्रीको अनुरोधलाई वायुसेवा सञ्चालकहरूले सकारात्मक रूपमा लिएर सञ्चालकहरूले भाडा दर घटाउन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्