राष्ट्रपति ट्रम्पद्वारा अमेरिकामा ‘राष्ट्रिय सङ्कटकाल’ घोषणा


अमेरिका, १ चैत । अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट ४१ जनाको ज्यान गएपछि राष्ट्रपति डोनल्ड ट्रम्पले प्रकोप फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न ‘राष्ट्रिय सङ्कटकाल’ घोषणा गरेका छन् ।

अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट १६ सय ७८ जनामा यसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमण फैलिँदै गएपछि ट्रम्पले शुक्रवार राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।सङ्कटकालको घोषणा गर्न ट्रम्पले ह्वाइट हाउसबाट टेलिभिजनमार्फत प्रत्यक्ष सम्बोधन गरेका थिए ।

कोरोनाभाइरस सङ्क्रमणको परीक्षण उपलब्ध गराउन विफल भएको भनेर ट्रम्प प्रशासनको व्यापक आलोचना भएको थियो। यो आलोचनासँगै नियन्त्रणको लागि ट्रम्पले यो घोषणा गरोक हुन् । सङ्कटकाल घोषणा गरेपछि सङ्घीय सरकारले आपत्कालीन राहत कोषमा ५० अर्व अमेरिकी डलर जोहो गर्न सक्नेछ।

प्रतिक्रिया दिनुहोस्