कतारको लागि श्रम स्वीकृति बन्द


काठमाडौँ ,२७ फागुन । कतारले नै नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएपछि नेपाल सरकारले कतारको लागि श्रम स्वीकृति बन्द गरेको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार कतारको निर्णय अनुरूप कामदारलाई श्रम स्वीकृति दिन बन्द गरिएको हो । फागुन १६ देखि फागुन २६ गतेसम्म विभागबाट कतार जानका लागि ३ हजार ६ सय ५ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए ।

त्यसअनुसार करिब ३ हजार नेपाली कामदार अन्तिम श्रम स्वीकृतिपछि पनि कतार जान रोकिएको अनुमान छ । गत ५८ दिनमा विभागले १ लाख १७ हजार ६३३ जनालाई विदेश जान अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्