नेपाल आयल निगम कर्मचारी सङ्घको अध्यक्षमा राई


काठमाडौँ, २४ फागुन । नेपाल आयल निगम कर्मचारी सङ्घ (अधिकारीक ट्रेड युनियन)को अध्यक्षमा गोपालचन्द्र राई निर्वाचित भएका छन् । काठमाडौँमा शुक्रवार सकिएको एकताको आठौँ अधिवेशनबाट राई सर्वसहमत अध्यक्षमा निर्वाचित भएका हुन् ।

अधिवेशन सुरु भएकै दिन राई सर्वसहमत भएका हुन् । निर्विरोध भएसँगै शुक्रवार नै प्रमाणपत्र समेत प्रदान गरिएको छ । तत्कालीन एमाले र माओवादी एकीकरण भएपछि पहिलो पटक अधिवेशन भएको हो ।

निगमका सम्पूर्ण कर्मचारीहरू एक होऔँ भन्ने मूल नाराका साथ तय भएको महाधिवेशन दुई सङ्गठनहरू बिचको एकतापछिको पहिलो महाधिवेशन पनि हो ।

प्रतिक्रिया दिनुहोस्