सुनको मूल्य हालसम्मकै उच्च : तोलामा ८० हजार ७०० रुपैयाँ


काठमाडौँ, २२ फागुन । नेपाली बजारमा सुनको मूल्य आज (बिहीबार) नयाँ इतिहास बनाउँदै सुनको मूल्य हालसम्मकै उच्च तोलामा ८० हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार तोलामा ८० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार रु २०० बढेर ८० हजार ७०० रुपैयाँ पुगेको हो ।

यस्तै तेजाबी सुन तोलामा ८० हजार ४०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार चाँदी बुधवारकै मूल्य ८८० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्