कोरोना भाइरसको कारण सुन हालसम्मकै महँगो : प्रतितोला ८० हजार ३ सय


काठमाडौँ, २१ फागुन । नेपाली बजारमा सुनको भाउ आज (बुधवार) ८० हजार ५ सय बढेर हालसम्मकै महँगो बनेको छ । एक दिनमा दुई हजार दुई सयले बढेर ८० हजार ५ सयमा पुगेको सुनको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको हो ।

मङ्गलवार छापावाला सुन प्रतितोला ७८ हजार ३ सय कारोबार भएको थियो ।यसअघि फागुन १२ गते सुनको मूल्यले प्रतितोला ८० हजार ३ सयमा पुगेर नयाँ कीर्तिमानी बनाएको थियो । आजका लागि तेजाबी सुनको मूल्य ८० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

त्यसै गरी, चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँमा कायम छ । अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ । मङ्गलवार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १५ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको सुन बुधवार बढेर प्रतिऔंसत १६ सय ४२ अमेरिकी डलरमा पुगेको छ ।

चीनमा फैलिएका कोरोना भाइरसको कारण आर्थिक क्षेत्रमा असर परेकोले यसको प्रभाव अन्तर्राष्ट्रिय आर्थिक क्षेत्रमा देखिएको विश्लेषकहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्