सुनको भाउ आज तोलामा १२ सय रुपैयाँले घटियो


काठमाडौँ, १८ फागुन । नेपाली बजारमा लगातार बढिरहेको सुनको भाउ आज (आइतबार) तोलामा १२ सय रुपैयाँले घटेको छ । सुनको भाउ आइतबार तोलाको ७८ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

गएको शुक्रवार तोलामा पाँच सय रुपैयाँले घटेर सुन तोलाको ७९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी आइतबार तोलाको आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

कोरोना भाइरसको प्रकोप र विश्व शेयर बजारको असर नेपाली सुन बजारमा पनि पर्दै आएको छ । जसका कारण सुनको भाउ लगातार बढ्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्