काठमाडौँ, ८ फागुन । चीनसहित विभिन्न देशमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या दुई हजार एक सय भन्दा बढी पुगिसकेको छ ।
विश्वभर कोरोनाका कारण ७६ हजार भन्दा बढी प्रभावित भइसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । पछिल्लो पटक सार्वजनिक तथ्याङ्क अनुसार चीनलगायत विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार १२० पुगेको हो ।
चीन बाहेक हङकङ, फिलिपिन्स, जापान, फ्रान्स र इरानमा पनि कोरोना प्रभावितहरूको मृत्यु भएको छ । यसैबिच कोरोनाको सङ्क्रमण रोक्न जहाजलाई नै क्वारेन्टाइनमा राखेपछि जापानको सर्वत्र आलोचना भएको छ ।
जापानले जहाजमा रहेका चालक दलका सदस्यसहित तीन हजार सात सय यात्रुमध्ये २१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि जहाजसहित सबै यात्रुलाई क्वारेन्टाइनमा राखेको थियो ।