बन्न लागेको बाल अस्पताललाई बैङ्क अफ काठमाडौँको १ करोड सहयोग


काठमाडौँ, ७ फागुन । बैङ्क अफ काठमाडौँले वरिष्ठ मुटु रोग विशेषज्ञ डा.भगवान कोइरालाको अगुवाइमा बन्न लागेको बाल अस्पताललाई १ करोड रुपैयाँ सहयोग गरेको छ।

बैङ्कको २५ औँ वार्षिकोत्सवका अवसरमा बुधवार आयोजित कार्यक्रममा बैङ्कका तर्फबाट गभर्नर चिरञ्जीवी नेपालले डा कोइरालालाई चेक हस्तान्तरण गरेका छन् ।

बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत उक्त रकम उपलब्ध गराएको हो। उक्त रकम अस्पतालको आइसियु कक्ष निर्माण गर्न खर्च हुने छ। डा कोइरालाको अध्यक्षतामा रहेको संस्था काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)ले काठमाडौँ सहित ७ वटै प्रदेशमा बाल अस्पताल स्थापना गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्