पूर्वमै पहिलो पटक “रमपम पूर्वेली म्युजिक अवार्ड २०२०” हुने


मणिराम दाहाल-

सुन्दरहरैंचा, ५ माघ / पूर्वेली मिडिया नेटवर्कको आयोजनामा “रमपम पूर्वेली म्युजिक अवार्ड २०२०” यही चैत्र १४ गते शुक्रवार प्रदेश १ को मुख्य सहर इटहरीमा आयोजना हुने भएको छ ।

पूर्वमै पहिलो पटक शुद्ध मौलिक लोकगीत, सङ्गीत, कला, संस्कार तथा संस्कृतिको संवर्द्धन साथै प्रर्बद्धनमा टेवा र्पुयाउने उद्देश्यका साथ म्युजिक अवार्ड हुने भएको आयोजकले सोमबार इटहरी स्थित ओसियन पार्कमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

आयोजकले २२ वटा विद्यामा अवार्ड प्रदान गर्ने जानकारी गराउँदै पूर्व क्षेत्रमा कार्यरत रङ्गपत्रकार तथा पूर्वेली गीत सङ्गीतमा योगदान गर्ने एक सर्जकलाई लाईफटाईम अचिवमेन्ट अवार्ड समेत प्रदान गरिने बताएको छ ।

म्युजिक अवार्ड कार्यक्रममा मुल्यांकनका आधारमा जुरी टिमले टप ५ छनौट गर्नुका साथै उत्कृष्ट टप ५ मनोनयनमा परेका गीतहरू भोटिङको माध्यमबाट सर्वोकृष्ट गीत छनौट गरिने छ । भोटिङका लागी खल्ती एपबाट भोट गर्न सकिने व्यवस्था गरिएको साथै नोमिनेशनका लागी समेत सो एपबाट फर्म भर्न सकिने व्यवस्था रहेको आयोजकले बताएको छ ।

पूर्वेली म्युजिक को कार्यक्रममा १५ देखि २० लाखको बिचमा खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा मुख्य प्रायोजक रमपम नुडल्स, इन एसोसिएसन विथ एन ,आइ सी एसिया बैङ्क रहेको साथै इभेन्ट म्यानेजमेन्टमा सिल्भर इन्टरटेनमेन्ट तथा प्रमोटरमा पूर्वेली न्युज रहेका छन् ।

म्युजिकमा वेस्ट न्यु आर्टिस्ट , सङ अफ द इयर, वेस्ट मेल भोकल पर्फमेन्स, वेस्ट फिमेल भोकल पर्फमेन्स, वेस्ट भोकल कोलाब्रेसन, वेस्ट कम्पोजिसन, वेस्ट अरेन्जमेन्ट्, वेस्ट लिरिक्स, वेस्ट लिम्बु सङ्का विधाहरूमा अवार्ड प्रदान गरिने भएको छ । साथै वेस्ट तामाङ सङ्, वेस्ट शेर्पा सङ्, वेस्ट मगर सङ्, वेस्ट राई सङ्, वेस्ट गाुरूङ सङ्, वेस्ट थारु सङ्, वेस्ट मैथली सङ्, वेस्ट राजवंशी सङ्, वेस्ट भिडियो, वेस्ट भिडियोग्राफी, वेस्ट भिडियो इडिटर, वेस्ट मोडल (मेल), वेस्ट मोडल (फिमेल) समेतलाई पूर्वेली म्युजिकमा समेटिने आयोजको भनाइ छ ।

नयाँ पुस्ताहरूलाई पूर्वेली गीत संगितमा केही सृजना गर्न प्रेरणा दिनुका साथै शुद्ध मौलिक लोकगीत, सङ्गीत, कला, संस्कार तथा संस्कृतिको विकासमा टेवा र्पुयाउनका लागि समेत पूर्वेली म्युजिक अवार्ड पूर्वमा पहिलो पटक आयोजना गर्ने तयारी तीव्र रूपमा गरिएको पूर्वेली मिडिया नेटवर्क प्रा.लिका प्रबन्ध निर्देशक सुरेशचन्द्र दाहालले जानकारी दिए । उनले नेपालमा शास्त्रीय सङ्गीतको सुरुवात लिच्छवीकादेखि नै भएकोले पूर्व लगायत धेरै क्षेत्रमा लोक गीत नै गुन्जिने हुँदा जुन हाम्रो मौलिक संस्कृति ,लोक गीत, सङ्गीत, बाजागाजा र भाकाहरू हाम्रा अमूल्य सम्पत्ति समेत भएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्का , प्रेस युनियन सुनसरी अध्यक्ष धनबहादुर पुरी लगायतकाले सहभागिता रहेको थियो । पूर्वेली म्युजिक अवार्डका व्यवस्थापक तथा कलाकार राजन क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सन्चारकर्मी नरेन्द्र बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्