उत्तम पोख्रेल –
बेलबारी, २५ माघ / हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन जनप्रतिनिधिहरू आफै जुटेका छन् । मोरङमा शनिवार देखी सुरु गरिएको कार्यक्रममा स्वास्थयकर्मीहरु सँगै जनप्रतिनिधिहरू औषधि खुवाउने अभियानमा जुटेका हुन् ।
६ चरणको औषधि खुवाएपछि रोग नरहने अवस्था हुने भए पनि सबैले औषधि नखाएपछि आफै टोल टोलमा गएर खुवाउने अभियानमा जुटेको बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुबेदीले बताए । सुरुवात वर्षहरूमा गलत प्रचारका कारण धेरैले औषधि खाएनन् प्रवक्ता सुबेदीले भने अहिले त्यस्तो नहोस् भनेर हामी पनि स्वास्थयकर्मीहरु सँगै हिँड्यौ ।
यस्तै बेलबारी नगरपालिकाकै उपमेयर ढाका कुमारी पराजुलिलेसवैले देख्ने गरी औषधि खाएको बताइन् । सबैलाई खान आग्रह गर्दै औषधी खादै गरेको फोटो समेत सामाजिक सजाल फेसबुकमा राखेको समेत बताइन् ।
बेलबारीमा मात्रै औषधि खुवाउनका लागि ३५ जना महिला स्वयंसेविका तथा ७५ जना स्वास्थयकर्मीहरु खटाएको स्वास्थ्य संयोजक सन्तोष विश्वकर्माले बताए । ५ दिन सम्म घर घरमा गएर औषधि खुवाउने कार्यक्रम रहेको उनले बताए । औषधि पहिलो दिन केन्द्र केन्द्रमा खुवाएका स्वास्थयकर्मीहरु दोस्रो दिन देखी घर घरमा खुवाउने छन् ।
मोरङका १७ वटै स्थानीय तहमा करिब ९ लाख २४ हजार ५ सय ६२ जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञान बहादुर बस्नेतले बताए । हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने कार्यक्रममा ५ हजार बढी स्वास्थ्य कर्मी खटाइएको उनले बताए ।
हात्तीपाइलेको जीवाणु भएको जनसङ्ख्या १ प्रतिशतमा झार्ने सन् २०१८ मा सरकारले लक्ष्य लिए पनि अहिले सम्म पुरा हुन सकेको छैन । नेपालका करिब १ दशमलव ४७ प्रतिशत जनसङ्ख्यामामा हात्तीपाइलेको जीवाणु देखिएको छ ।
२ वर्षमुनिका बालबालिका, गर्भवती, ७ दिन सम्मका सुत्केरी, सिकिस्त बिरामीहरूले भने औषधि सेवन गर्न नहुने हरू बताउँछन् । क्युलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले स्वास्थ्य मानिसलाई टोकेमा यो रोग सर्ने गर्दछ । हात्तीपाइले (फाइलेरिया) सरुवा रोग हो ।हात्तीपाइले सँगै जुकाको समेत औषधि खुवाइएको छ ।
औषधि खादै बेलबारी नगरपालिकाकी उपमेयर ढाका कुमारी पराजुली तथा प्रवक्ता योगेन्द्र सुबेदी तस्बिर उत्तम पोख्रेल