डब्लूएचओको मापदण्ड पूरा नभएका कारण उद्धारमा ढिलाइ : परराष्ट्रमन्त्री ज्ञवाली


काठमाडौँ ,२४ माघ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को मापदण्ड पूरा नभएका कारण वुहानमा रहेका नेपालीहरूको उद्धारमा ढिलाइ भइरहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वीकार गरेका छन् ।

वुहानमा रहेका विद्यार्थीका अभिभावकले छोराछोरीलाई उद्धार गर्न सरकारलाई दबाब दिइरहेका छन् । बिहीबार स्वास्थ्य मन्त्रालयमा धर्ना दिएका उनीहरूले शुक्रवार गृहमन्त्री रामबहादुर थापा बादल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई छुट्टाछुट्टै भेटेका थिए । उनीहरूले आफ्ना छोराछोरीलाई कहिले उद्धार गर्ने मिति तोक्न आग्रह गरेका थिए ।जवाफमा मन्त्री ज्ञवालीले उद्धारका लागि सरकारको काम गरिरहेको भन्दै मिति तोक्न बाध्य नबनाउन आग्रह गरे । उनकाअनुसार वुहानमा रहेका नेपालीहरूको उद्धारका लागि अहिले नेपालमा डब्लूएचओको मापदण्डअनुसार संरचना तयार भएको छैन ।

डब्लूएचओको मापदण्डअनुसार उनीहरूलाई राख्ने क्वारेन्टाइन मात्र भएर नहुने, आइसोलेसन वार्ड, उपचार गर्ने स्वास्थ्यकर्मी सबै तयार हुनुपर्ने भन्दै उनले भने, ‘डब्लूएचओको मापदण्ड पूरा गर्न काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्