विश्व बैङ्कले नेपाललाई २२ अर्व ८२ करोड ऋण सहयोग उपलब्ध गराउने


काठमाडौँ, २३ माघ । विश्व बैङ्कले नेपाल सरकारलाई २२ अर्व ८२ करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ । विश्व बैङ्कले भूकम्पपछि बस्ती पुनर्निर्माण परियोजना कार्यान्वयन गर्ने ऋण सहयोग गर्ने भएको छ ।

पुनर्निर्माण परियोजना कार्यान्वयनका लागि बैङ्कले अतिरिक्त ऋणस्वरुप प्रदान गर्ने सहयोगसम्बन्धी सम्झौता पत्रमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैङ्कका यहाँ स्थित देशीय निर्देशक फारिस एच हाडाड–जेरभोसले हस्ताक्षर गरेका छन् ।

उक्त रकम भूकम्पबाट प्रभावित ३२ जिल्लामा ८६ हजार घर निर्माणमा खर्च गरिने छ । उनले निर्धारित समयमा आवासीय भवनहरू निर्माण हुने विश्वास व्यक्त गर्दै पुननिर्माण प्राधिकरणलगायत निकायसँग समन्वय गरेर काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्