कोरोना भाइरसबाट ४९० जनाको मृत्यु : २४ हजार ३ सय २४ जना सङ्क्रमित


काठमाडौँ २३ माघ । चीनमा कोरोना भाइरसबाट ४९० जनाको मृत्यु हुनेको साथै अहिलेसम्म २४ हजार ३ सय २४ जना सङ्क्रमित भइसकेका छन् ।

बुधवार बिहान एक जनाको हङकङमा मृत्यु भएको थियो । यसअघि फिलिपिन्समा एक जनाको मृत्यु भएको थियो । हुबई प्रान्तमा ६५ जनाको ज्यान गएको छ । त्यसै गरी, ८९२ जना सङ्क्रमित उपचारपछि घर फर्किसकेका छन् । तीमध्ये १२५ जना हुबई अस्पतालबाट डिस्चार्ज भएका थिए ।

चीनको वुहानमा सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् ।चीन सरकारले कोरोनाभाइरस सङ्क्रमितको उपचारको लागि १० दिनभित्र नै दुई वटा अस्पताल बनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्