जनकपुरधाम भन्सार कार्यालयका एक कर्मचारी घुससहित पक्राउ


जनकपुरधाम, २१ माघ । जनकपुरधाम भन्सार कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

भन्सार कार्यालयमा कार्यरत नायव सुब्बा अहमद रज्जा अन्सारीलाई सोमबार साँझ सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्