कोरोना भाइरसले चीनमा ४२६ जनाले ज्यान गुमाए


काठमाडौँ, २१ माघ । कोरोना भाइरसका कारण चीनमा ४२६ जनाले ज्यान गुमाउनुको साथै २० हजार बढी मानिस सङ्क्रमित भइसकेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

चीनमा सोमबार कोरोना भाइरसका कारण थप ६४ जनाको मृत्यु भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । त्यस्तै फिलिपिन्समा एक जनाको मृत्यु भएको छ भने सोमबार मात्रै थप दुई हजार ३४५ मा कोरोना भाइरसको सङ्क्रमण फेला परेको छ ।

हुबेईमा मात्रै १० हजार ९९० जना अस्पताल भर्ना भएको चिनियाँ अधिकारीले जनाएका छन् । सोमबार साँझसम्म चीनमा मात्रै २० हजार ४३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ । चीन बाहिर विश्वका विभिन्न मुलुकमा करिब १८० व्यक्तिमा कोरोनाको सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्