लागु औषध दुर्व्यसनी विरुद्ध भ्वाइज लाइभ कन्सर्ट २०२० सम्पन्न


सुन्दरहरैचा ,२१ माघ । दुर्व्यसनी तथा कुसङ्गति विरुद्ध अभिमुखीकरण कार्यक्रम सुन्दरहरैचा एकता युवा क्लबको आयोजनामा भ्वाइज लाइभ कन्सर्ट २०२० सोमबार सम्पन्न भएको छ । लागु औषध दुर्व्यसनी विरुद्ध नो ड्रक्स भन्ने मूल नाराको साथ सुन्दरहरैचा–७ स्थित गछिया खेल मैदानमा सम्पन्न भएको हो ।

प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिका प्रमुख शिव प्रसाद ढकालले दीप प्रज्वलन गरी कार्यक्रममा उद्घाटन गरेका थिए । कार्यक्रममा ढकालले सुन्दरहरैचा एकता युवा क्लबको दुर्व्यसनी मुक्त समाज बनाउने अभियान कार्यको प्रशंसा गर्दै, अभियान सफल बनाउन नगरपालिकाको सहयोग रहने बताएका छन् । नगरपालिकाले पनि लागु औषध दुर्व्यसनी विरुद्ध कार्यक्रम ल्याउने जनाएका छन् ।

समाजमा दुर्व्यसनीबाट जोगिन युवाहरूको मानस्कितामा लागु औषध सेवन गलतको भन्ने सोचमा नै परिवर्तन भए मात्र दीर्घकालीन सुधार हुने ढकालले बताए । सोही सोच सुन्दरहरैचाका सबै युवाहरूले लिन पनि आग्रह गरेका छन् ।

कार्यक्रममा भ्वाइज लाइभ कन्सर्ट २०२० मा सम्पन्न द भ्वाइज अफ नेपाल सिजन २ का विजेता राम लिम्बुको साथमा टप टेन प्रतियोगीहरूले गीत प्रस्तुत गरेका छन् ।

कार्यक्रममा सुनिस श्रेष्ठ, विकास लिम्बु, अरिफ राउफ, अन्जु राना मगर र यङ्की यल्मोको प्रस्तुति रहेको थियो भने स्थानीय कलाकारहरूको पनि नृत्य प्रस्तुत गरेका थिए ।
सुन्दरहरैचा एकता युवा क्लबका अध्यक्ष सुमन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सह–सचिव निश्चल घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्