काठमाडौँ , २० माघ । काठमाडौँको स्वयम्भूस्थित यातायात व्यवस्था सेवा कार्यालय सानो र्भयाङमा कार्यरत अधिकृत शिवलाल पौडेल र सेवाग्राही दीपक खतिवडालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
अख्तियारको टंगालबाट खटिएको टोलीले पौडेल र खतिवडालाई घुस लेनदेन गर्दैगर्दा पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार खतिवडाले पौडेललाई सवारी कर र प्रदूषण बापतको रकम तिर्नका लागि १३ हजार घुस दिएका थिए ।
सोही क्रममा आयोगको टोलीले दुवैलाई नियन्त्रणमा लिएको थियो । आइतबार नियन्त्रणमा लिएका दुवै विरुद्ध अनुसन्धान भइरहेको कोइरालाले जानकारी दिएका छन् ।