काठमाडौँ, १८ माघ । कोरोना भाइरसबाट प्रभावित चीनको हुवेइ प्रान्तमा रहेका सबै नेपालीलाई फेब्रुअरी २ तारिख आइतबार बिहान ९ बजेसम्म फारम भर्ने म्याद तोकिएको छ ।
बेइजिङमा रहेको नेपाली दूतावासले शनिवार सूचना निकालेर हुवेइमा भएका सबै नेपालीलाई नेपाल फर्काउन जहाज चार्टर भइरहेकोले तत्कालै फाराम भर्न आग्रह गरेको छ फाराम भरेका बाहेक अन्यलाई नेपाल नपठाउने भएकाले सबैलाई फारम भर्न दूतावासले भनेको छ । फारम भर्ने म्याद तोकिए पनि फारम भर्नेको सङ्ख्या हेरेर जहाज चार्टर गरिने सूचनामा उल्लेख छ ।
वी च्याटलगायतका सामाजिक सञ्जालमा आएका अन्य सूचनाले अफवाह फैलाउन सक्ने भएको तथा दूतावासको सूचना नै आधिकारिक भएकाले त्यसै अनुसार गर्न पनि दूतावासले बताएको छ ।