बासघारीमा भेटिएको शव अभिषेकको रहेको पुष्टि


विराटनगर ,१५ माघ । मोरङ र सुनसरीको सीमा क्षेत्रमा पर्ने केसलिया खोला किनारमा झापा बिर्तामोडका २० वर्षीय अभिषेक कटुवालको शव फेला परेको छ ।मङ्गलवार बिहान केसलिया खोला किनार नजिकै रहेको बासघारीमा बीभत्स अवस्थामा शव फेला परेको थियो ।

अनुसन्धानका क्रममा उनी माघ ९ गते घुम्न भन्दै मे१०प ८६७५ नम्बरको स्कुटरमा घरबाट निस्किएका थिए । प्रहरी स्रोतले युवकको विराटनगर महानगरपालिका(४ मा हत्या गरी केसलीया खोलापारि फालेको हुनसक्ने बताएको छ । तर, उनको कहिले हत्या भएको हो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार कटुवाल आमासँग मामा घरमा बस्दै आएका थिए । चाडै फर्कने भन्दै घरबाट निस्किएका उनी चार दिनसम्म नफर्किएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी परेको थियो ।

सम्पर्कविहीन भएपछि आमा तारा कटुवालले छोराको हुलियासहित खोजतलासका लागि सोमबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिए अनुसार खुलेको सुनसरी प्रहरी प्रमुख, एसपी यज्ञविनोद पोखरेलले बताएका छन् । पहिचान खुलेका कारण अनुसन्धान गर्न केही सहज भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्