लागूऔषध दुर्व्यसनी विरुद्ध सुन्दरहरैचामा “भ्वाइज लाइभ कन्सर्ट २०२०” हुने


मोरङ, १४ माघ / सुन्दरहरैचा एकता युवा क्लबको आयोजनामा “भ्वाइज लाइभ कन्सर्ट २०२०” हुने भएको छ । सुन्दरहरैचा वाड नं.४ कार्यालयको सभाहलमा पत्रकार सम्मेलन गर्दै मङ्गलबार आयोजकले सो कुरा जनाएको हो ।

लागु औषध दुर्व्यसनी विरुद्ध नो ड्रक्स भन्ने मूल नाराका साथ माघ २० गते साङ्गीतिक कार्यक्रम गर्न लागेको क्लबका अध्यक्ष सुमन राईले जनाएका छन् । दुर्व्यसनी रहित समाज निर्माणको लागि सुन्दरहरैचा एकता युवा क्लबले “भ्वाइज लाइभ कन्सर्ट २०२०” को आयोजना गरेको अध्यक्ष राईले जनाएका छन् । शैक्षिक संस्थाहरूमा पनि लागु औषध दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम गर्ने क्लबको योजना रहेको राईले बताएका छन् ।

आयोजकका अनुसार “भ्वाइज लाइभ कन्सर्ट २०२०” मा सम्पन्न ‘द भ्वाइज अफ नेपाल सिजन २’ का विजेता राम लिम्बुको साथमा टप टेन प्रतियोगीहरू आउने छन् । कार्यक्रममा सनिस श्रेष्ठ, विकास लिम्बु, अरिफ राउफ, अन्जु राना मगर र यङ्की यल्मोको प्रमुख प्रस्तुति रहने छ । स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने आयोजकले जनाएका छन् ।

कार्यक्रम सुन्दरहरैचा ७ स्थित गछिया खेल मैदानमा हुने आयोजकले जनाएका छन् ।

https://youtu.be/EmpnkF2U4Zg

प्रतिक्रिया दिनुहोस्