गायिका राउतलाई चार हजार धरौटीमा छाड्न आदेश


काठमाडौँ ,१४ माघ ।  गायिका आस्था राउतलाई चार हजार धरौटीमा छाड्न जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आदेश दिएको छ ।

अभद्र व्यवहार सम्बन्धी कसुरमा काठमाडौँ प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको राउतलाई काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले धरौटी लिएर छाड्न आदेश दिएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बताएका छन् ।

राउतलाई गएराति ब्लु क्रस अस्पताल, त्रिपुरेश्वर भर्ना गरिएको थियो । हाइपर टेन्सन’का कारण समस्या भएको भन्दै उनलाई प्रहरीले अस्पताल लगेको थिए ।

राउतले प्रशासनबाट छुटेपछि प्रहरीको प्रशंसा गदै उनले भनिन्, ‘प्रहरीप्रतिको मेरो गलत बुझाइ दुई दिनमा फेरिएको छ । मैले प्रहरीलाई जुन रूपमा बुझेकी थिएँ, त्यो नरहेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्