काठमाडौँ ,१३ माघ । नेपालमा कोरोना भाइरसको भयावह अवस्था नहरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन् । भाइरसकै कारण नेपाल आउने पर्यटकले असुरक्षित नरहेको उल्लेख गर्दै उनले यसमा सरकार सचेत रहेको बताए ।
मन्त्रालयले सोमबार पर्यटन र हवाई उद्योग संघसँग सम्बन्धित सरोकारवाला निकायसँग कोरोना भाइरसको प्रकोप र नेपालको तयारीबारे छलफल गरेको छ । छलफलमा नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश सरकारी तवरबाटै आउनुपर्ने माग निजी क्षेत्रका प्रतिनिधिले गरेका थिए ।
जवाफमा मन्त्री भट्टराईले नेपाल प्रकोपमा रहेको सन्देश नजाने तर पूर्ण तयारीमा रहेको सन्देश भने प्रवाह गर्न आग्रह गरे । उनले विमानस्थल र सीमा नाकामा हुने चेकजाँचमा अत्याधुनिक उपकरण थप्न विमानस्थल तथा अन्य सरोकारवालालाई निर्देशन दिएका छन् ।