महोत्तरीमा २१ तोला सुनसहित एक युवक पक्राउ


महोत्तरी, १३ माघ ।  मटिहानी नगरपालिका–८ मा सशस्त्र प्रहरीले आइतबार राति बा १२ प ५०७६ नम्बरको कारबाट २१ तोला सुनसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–४ का २३ वर्षीय दीपक महतो रहेको सशस्त्र प्रहरी बीओपी मटिहानीका प्रहरी निरीक्षक हिमाल थापाले बताएका छन् ।

१६ लाख २४ हजार ६ सय ६ रुपैयाँ बराबरको स्रोत नखुलेको परिमाणको सुन कारमा राखी नेपालबाट भारत तस्करी गर्न लागिएको अवस्थामा युवक महतो पक्राउ परेका छन् ।

कारमा सुनसहित पक्राउ परेका युवक महतोलाई आवश्यक कारबाहीका लागि सुन र कारसहित सशस्त्र प्रहरीले जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको बचाएको छ ।

प्रतिक्रिया दिनुहोस्