६ महिनामा नेपालको सार्वजनिक ऋण ११ खर्व ५ अर्व


काठमाडौँ ,११ माघ ।  नेपालको सार्वजनिक ऋण चालु आर्थिक वर्ष २०७६ र ७७ को पहिलो ६ महिनासम्मको तथ्याङ्क अनुसार ११ खर्व ५ अर्व पुगेको छ ।

यसमध्ये बाहृय ऋण ६ खर्व ५४ अर्व ४ करोड र आन्तरिक ऋण ४ खर्व ५१ अर्व ९ करोड रुपैयाँ रहेको छ । सरकारले बजेटरी वा गैरबजेटरी रूपमा विकास निर्माण तथा सार्वजनिक प्रयोजनमा लिएको ऋण नै सार्वजनिक ऋण हो ।

आर्थिक वर्षको ६ महिनामा अघिल्लो तीन महिनाको तुलनामा २२ अर्व ५७ करोड रुपैयाँले बाहृय ऋण वृद्धि भएको छ । आन्तरिक ऋण भने केही घटेको छ । आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा बाहृय ऋण ३.५७ प्रतिशतले बढेको हो ।यसबिचमा नेपाली मुद्रा कमजोर भएका कारण समेत सार्वजनिक ऋण बढ्नुमा भूमिका खेलेको महालेखा नियन्त्रक कार्यालयले उल्लेख गरेको छ । अहिले आन्तरिक ऋण ४ खर्व ५१ अर्व ९ करोड रुपैयाँ छ भने ११ खर्व ५ अर्व १३ करोड रुपैयाँ रहेको छ ।

अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५र७६ को अन्त्यसम्म सरकारलाई १० खर्व ४१ अर्व रुपैयाँ ऋण लागेको थियो । चालु आवमा भने सरकारले वैदेशिक ऋण सहायता उल्लेख्य स्वीकार गरेको छ ।

नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी)को ३१.९० प्रतिशत सार्वजनिक ऋण पुगेको छ । पहिलो त्रैमासिकमा यस्तो अनुपात ३१.३२ प्रतिशत रहेको छ । कूल गार्ह्रस्थ उत्पादनको तुलनामा भने नेपालको सार्वजनिक ऋणलाई विज्ञहरू सन्तोषजनक नै मान्छन् ।

जिडिपीको १८।८७ प्रतिशत बाहृय ऋण छ भने १३.०२ प्रतिशत आन्तरिक ऋण रहेको छ । नेपालको जिडिपी भने ३४ खर्व ६४ अर्व ३१ करोड रुपैयाँ बराबरको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्